सोमबार, असार २९, २०८३

फुटबल ट्रान्सफर विन्डो जुलाई २७ बाट खुल्ने

इंग्लिस प्रिमियर लिग (ईपीएल) र इंग्लिस फुटबल लिग (ईएफएल) को ‘समर ट्रान्सफर विन्डो’ आगामी जुलाई २७ बाट खुल्ने भएको छ। अक्टोबर ५ सम्म १० साताका लागि विन्डो खुल्ने भएको हो।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) र इंग्लिस फुटबल लिग (ईएफएल) को ‘समर ट्रान्सफर विन्डो’ आगामी जुलाई २७ बाट खुल्ने भएको छ। अक्टोबर ५ सम्म १० साताका लागि विन्डो खुल्ने भएको हो।

त्यस्तै ईएफएलले ५–१६ जुलाई सम्म घरेलु विन्डो पनि खोल्ने जनाएको छ। यो विन्डोमा घरेलु/स्वदेशी क्लबबीच खेलाडी किनबेच हुने छ। जसको लागि फिफाले स्वीकृति दिइसकेको छ।

‘घरेलु विन्डोमा ईएफएल अन्तर्गतका क्लबले मात्र खेलाडी किनबेच गर्न पाउने छन्,’ ईपीएलले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रिमियर लिगका क्लबले सो सुविधा पाउने छैनन्। च्याम्पियनसिप क्लबले मात्र यो सुविधा पाउने छन्।’

फुटबल विन्डो ब्रिटिस समर टाइम अनुसार ५ अक्टोबर राति ११ बजे सकिने छ। तर नयाँ अनुबन्ध भएका खेलाडीलाई २०२०/२१ को सिजन अघिका खेलमा समावेश नगराउन ईएफएलले निर्देशन दिएको छ। आउँदो सिजन कहिलेबाट सुरु हुने भन्ने निर्णय भइसकेको छैन।

विश्वका कुनै पनि क्लबले खेलाडी किनबेच प्रक्रियाबाट आफ्नो क्लबलाई बलियो बनाउने प्रयास गर्छन्। कतिपय क्लबले आर्थिक भार कम गर्न, बेन्च खेलाडी र मैदानमा उत्रने खेलाडीको सन्तुलन मिलाउन पनि खेलाडी बेच्ने गरेका छन्। कतिपय अवस्थामा भने खेलाडी आफैंले अर्को क्लब रोजेर जान्छन्।

पछिल्लो केही वर्ष फुटबल मैदानभित्र मात्र सीमित छैन। फुटबललाई खेलाडीको तलब, टिभी राइट्सको रकम, दर्शकले गर्ने पर्यटनको विकास लगायत आर्थिक सामाजिक पक्षसँग जोडेर हेर्न थालिएको छ।

युरोपका क्लबहरुले गत वर्षको समर विन्डोमा अहिलेसम्मकै धेरै ६ विलियन डलर खर्च गरेका थिए। डेलोटिट स्पोटर्स बिजनेस ग्रुपका अनुसार युरोपका शीर्ष पाँच लिग – प्रिमियर लिग, ला लिगा, बुन्डेसलिगा, लिग वान र सिरी ए ले उक्त रकम खर्च गरेका हुन्।

२०१९ मा त्यसअघिको सिजनभन्दा ०.९८ बिलियन अमेरिकी डलर धेरै खर्च गरिएको थियो। जुन रकम नेपालको पछिल्लो वार्षिक बजेटको करिब आधा हो।

नेपाल जस्तो सानो फुटबल लिग हुने देशका क्लबले पनि फुटबलमा मोटो रकम खर्च गर्न थालेका छन्। पछिल्लो सिजन मछिन्द्र क्लबले पौने २ करोडभन्दा धेरै खर्च गरेको बताएको छ। भलै नेपालको फुटबल विश्वमा धेरै चर्चित छैन।

यो सिजनको अन्तिमसम्मका लागि क्लबमा अनुबन्धित खेलाडीको सम्झौता जुलाई अन्तिममा सकिंदै छ। तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुबन्धको म्याद दुई महिना लम्ब्याउन भनेको थियो।

प्रकाशित: Jul 15, 2020| 18:10 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।