मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीको पहल, सुपथ मूल्य पसल खुले

नेपाल समय बिहानी समाचार : संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीको पहल, सुपथ मूल्य पसल खुले

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन्। 

अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई  उनको निवास बालकोट पठाएका हुन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए।

बिहीबार साँझ ओली र मन्त्री कार्कीबीच बालकोटमा संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको छ। बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानकारी दिए। एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमाले संसद् अवरोध गरिरहेको छ।

चीनबाट ४४ लाख भेरोसेल आउँदै

सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आज (शुक्रबार) दिउँसो २ बजे नेपाल आइपुग्ने भएको छ। 

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बिहीबार बेइजिङ गएको थियो। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र बिहीबार खोप ल्याउने तालिका बने पनि संशोधन गर्दै एक दिन पछाडि सारिएको हो।

सुपथ मूल्य पसल खुले

सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ। 

नजिकिँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। आगामी कार्तिक २४ सम्म सञ्चालनमा ल्याइने सुपथ मूल्य पसलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ। यस्तै सरकारले यस वर्ष दसैंमा ६ करोड रुपैयाँ बराबरका खसीबोका किनेर बिक्री गर्ने भएको छ। 

उत्तर प्रदेशमा वर्षाको कहर

भारतको उत्तर प्रदेशमा भइरहेको भारी वर्षाका कारण घर तथा पर्खाल भत्किँदा तथा डुबानमा पर्दा २० जनाको मृत्यु भएको छ । 

उत्तर प्रदेशको राजधानी लखनउसहित थुप्रै जिल्लामा पछिल्लो २४ घण्टा यता भारी वर्षा भइरहेको छ। जसका कारण २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वर्षाले घर तथा परखाल भत्किएर १३ जनाको ज्यान गएको नवभारत टाइम्सले जनाएको छ।  जौनपुरमा चार, पतेहपुरमा तीन, बाराबन्की र प्रतापगढमा दुई–दुई जनाको ज्यान गएको बताइएको छ। यस्तै सुलतानपुरमा एक जनाको ज्यान गएको छ।

मौसम विभागले आगामी ४० घण्टासम्म वर्षा नरोकिने चेतावनी दिएको छ। वर्षाले ठूलो धनजनको क्षेती पु¥याएसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुई दिनका लागि स्कुल, कलेज बन्द गर्न निर्देशन दिएका छन्।

अमेरिकासँग खेल्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ। 

नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो। बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो। सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ।

प्रकाशित: Sep 17, 2021| 11:31 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।