बुधबार, जेठ २०, २०८३

सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बन्दै तामाङ

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन्। उनको आज साँझ शपथ ग्रहण हुने बताइएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन्। उनको आज साँझ शपथ ग्रहण हुने बताइएको छ।

National life

मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीमा भएकोले ढिलाइ भएको हो। उनी भएको भए हिजो साँझ वा आज बिहानै शपथ ग्रहण हुने कार्यक्रम थियो। मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले मुख्यमन्त्री आज दिउँसो धनगढी पुग्ने कार्यक्रम छ।

लामा यसअघि एमालेका प्रमुख सचेतक थिए। उनी कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्।

अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहराको नाम चर्चामा छ। उनी बझाङबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन्।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक दुर्गा विकले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई पार्टी, मुख्यमन्त्री लगायतका आवश्यक पर्नेसँग समन्वय गरेर मन्त्री लगायतबारे टुंगो लगाउने जिम्मेवारी दिइएको बताइन्।

Shivam cement

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि ती दुवै पद खाली रहेको छ।

प्रकाशित: Sep 17, 2021| 11:29 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।