शुक्रबार, भदौ ५, २०८३

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा, आज उद्घाटन हुँदै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।

सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए। 

सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको जनाए। उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए। 

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताए।

प्रकाशित: Sep 17, 2021| 06:52 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...