शुक्रबार, भदौ ५, २०८३

सत्तारुढ गठबन्धनलाई डा. भट्टराईका ५ सुझाव

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न ५ बुँदे सुझाव दिएका छन्।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग बिहीबार छुट्टाछुट्टै भेट गरी विभिन्न ५ बुँदे सुझाव दिएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन उनको आग्रह छ। राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

त्यस्तै, प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन शीर्ष नेताहरुलाई अनुरोध गरेका छन्। जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका डा भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिए।

जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टी र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्न आग्रह गरे। 

प्रकाशित: Sep 16, 2021| 21:52 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...