बुधबार, जेठ २०, २०८३

नवजात शिशुको हत्या गर्ने आमा जेल चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई कारागार चलान गरिएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

धनगढी– नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो।

National life

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। गत भदौ ६ गते अवैध सम्बन्धबाट आफैंले जन्माएको शिशुको घाँटी निमोठेर हत्या गरेको उनीमाथि आरोप लागेको थियो। घटनाबारे परिवारले खबर गरेपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।

कार्कीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा अन्तर्गत अदालतमा पेस गरेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए। 

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्। नेपाल समयले यसबारे भदौ ८ गते जब ३५ वर्षीया माधवी ‘कुमाता’ बनिन् शीर्षकमा राखेर समाचार प्रकाशन गरेको थियो।

प्रकाशित: Sep 16, 2021| 18:30 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।