सोमबार, मंसिर २२, २०८२

ठेकेदारको लापरबाहीविरुद्ध सडकमै रोपाइँ (फोटो फिचर)

पटकपटक आग्रह गर्दा पनि ठेकेदारले सडक मर्मतमा चासो नदिएपछि हरिसिद्धि–गोदावरी क्षेत्रका स्थानीयले सोमबार सडकमै रोपाइँ गरेका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- पटकपटक आग्रह गर्दा पनि ठेकेदारले सडक मर्मतमा चासो नदिएपछि हरिसिद्धि–गोदावरी क्षेत्रका स्थानीयले सोमबार सडकमै रोपाइँ गरेका छन्।

National life

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा सडकमा आवागमनमा निकै कठिन भएकाले स्थानीय बासिन्दाले विरोधस्वरूप सडकमै रोपाइँ गरेको गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जनले बताए।

उनका अनुसार जति पहल गर्दा पनि ठेकेदारले अटेर गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्। उनले भने, ‘ठेकेदारका गम्भीर लापरबाहीका कारण समयमै बाटो मर्मत नहुँदा स्थानीयले निकै सास्ती पाएका छन्।’

तत्काल बाटो मर्मत हुने विश्वासिलो प्रतिबद्धता नआएसम्म खुल्न नदिइने मेयर महर्जनले बताए।
मेयर महर्जनका अनुसार यो सडकको मर्मत सुधारको ठेक्का गुरु अधिकारीले लिएका छन्। जनप्रतिनिधिलाई समेत अटेर गरेपछि विरोधमा उत्रिएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 06, 2020| 13:10 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।