सोमबार, फागुन १८, २०८२

भीम रावललगायत १० नेता षड्यन्त्रकारी हुन् : दीर्घ सोडारी

कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

कैलाली- नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन्।

कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए।

‘हिजो ओलीलाई देखाइदिन्छौं भन्दै नारा लगाइरहेका थिए,’ सोडारीले भने, ‘आज खुट्टा कमाएर त्यही ओलीको टाङमुनि छिरेका छन्, यो सवै षडयन्त्र हो।’

उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएको बताए। संसद् विघटनका बेला हामीसँग आउँदा रावललाई सबैले शत्तिशाली भएको ठानेका थिए,’ उनले भने, ‘त्यो सत्य हैन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिसकेको छ।’ 

रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए। ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने, ‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ।’

kumari

उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजाेर बनेको बताए। ‘भट्टलाई भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन्,’ उनले भने, ‘एमालेमा गएर भट्ट एक्लिएका छन्, यो क्षेत्रमा हामी चुनाव जित्नेछौं।’

सोडारीले रावललाई समाजवादी पार्टीमा आउन आग्रह गरे। समाजवादी पार्टीमा आए फेरि नेता मान्न आफूहरू तयार रहेको उनले बताए।

प्रकाशित: Sep 16, 2021| 17:21 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।