शुक्रबार, भदौ ५, २०८३

माधव नेपालप्रति ओलीको 'कटुवचन' : झिँगाले रोग मात्रै फैलाउँछ

'मौरीको संगत गरे, मौरीको पछि लागे फुलबारी पुगिन्छ। झिँगाको संगत गरे फोहोरका डंगुरमा पुगिन्छ। एमाले मौरी हो। मोरीले जहाँबाट पनि पवित्र मह बनाउँछ। झिँगाले रोग मात्र फैलाउँछ,' उनले भने।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मौरी भएको तर माधव नेपाललगायतका नेताहरू 'झिँगा'भएको कटुटिप्पणी गरेका छन्। एमाले काठमाडौंले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो कटाक्ष गरेका हुन्। 

'मौरीको संगत गरे, मौरीको पछि लागे फुलबारी पुगिन्छ। झिँगाको संगत गरे फोहोरका डंगुरमा पुगिन्छ। एमाले मौरी हो। मोरीले जहाँबाट पनि पवित्र मह बनाउँछ। झिँगाले रोग मात्र फैलाउँछ,' उनले भने। 

माधव नेपालले जनताको भविष्यमाथि खेलबाड गरेको उनको आरोप थियो।  'आफ्ना स्वार्थका लागि दुनियाँका भविष्यमाथि खेलबाड गर्ने? इगोका लागि उहाँ (माधव नेपाल)ले जे पनि गर्नुहुन्छ। उहाँ त पार्टी चलाइसक्नुभएको छ। महासचिव भइसक्नुभएको छ। उहाँले के पाउन बाँकी छ अब? तर जनताको भविष्यमाथि खेलबाड गर्ने?,' उनको भनाइ थियो। 

प्रकाशित: Sep 16, 2021| 15:48 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...