शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाललाई एमालेमा फर्कन अष्टलक्ष्मीको आग्रह, बादल भन्छन्- दक्षिणपन्थी पार्टीबाट गएकाले चुनाव जित्छौँ

नेपाललाई एमालेमा फर्कन अष्टलक्ष्मीको आग्रह, बादल भन्छन्- दक्षिणपन्थी पार्टीबाट गएकाले चुनाव जित्छौँ

‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस्। सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ।’
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूलाई पुनः एमालेमा नै फर्कन आग्रह गरेकी छन्।

काठमाडौं जिल्ला कमिटी एमालेले आयोजना गरेको कार्यक्रममा एमाले विभाजन गरी नयाँ दल गठन गरेका नेता नेपालसहितका नेताहरूलाई एमालेमा नै फर्कन उनले आग्रह गरेकी हुन्। 

'माधव नेपालले लिएको बाटो सही छैन। किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस्। सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ।’ 

आफूले लामो समय दिएर बनाएको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी बनाउँछु र जनमत सिर्जना गर्छु भन्नु सही नभएको उनको भनाइ छ। 

अध्यक्ष केपी ओलीसँग संघर्ष गर्दा आफूहरु एमाले हुन नपाएको समेत उनको गुनासो थियो। 'हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन। मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो। कति रातभर सुत्न सकिनँ।’ एमालेमा कायम भएको १० बुँदे समझदारीले आफूहरू पुनः एमाले हुन पाएको उनको भनाइ थियो। 

एमालेका नेता तथा पूर्वगृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले माधव नेपाललगायतका नेताहरूलाई दक्षिणपन्थी भएको आरोप लगाएका थिए। उनले एमालेभित्रकै दक्षिणपन्थी नेताहरूका कारण एमालेकै नेतृत्वमा बनेको सरकार अपदस्थ भएको बताएका थिए। 

पार्टीभित्रका दक्षिणपन्थीहरू अब पार्टीबाट हटेकाले एमाले पुनः राज्यसत्तामा पुग्ने दाबी गरेका थिए। नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत दक्षिणपन्थी भएको आरोप लगाएका थिए। ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन्। हामी वर्गसंघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं।’

प्रकाशित: Sep 16, 2021| 15:17 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...