शुक्रबार, भदौ १९, २०८३

कोरोना छेक्न सुनको मास्क, मूल्य ४ लाख ६२ हजार

कोरोना भाइरसको महामारीमा विश्वभर अनेक प्रकारका मास्कको उत्पादन र व्यापार भइरहेको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीमा विश्वभर अनेक प्रकारका मास्कको उत्पादन र व्यापार भइरहेको छ।

जापानी वैज्ञानिकहरुले स्मार्ट मास्कको उत्पादन थालेका छन्। त्यसबाहेक अधिकांश ठाउँमा सामान्य रुपमा जसरी पनि नाकमुख छेक्ने खालका कुनै न प्रकारका मास्कहरु उत्पादन भइरहेका छन्।

तर एक भारतीयले भने सुनको मास्क बनाएका छन्। यो मास्कको मूल्य झण्डै ४ लाख ६२ हजार नेपाली रुपैयाँ छ।

विश्व बजारमै सुनको मूल्य बढिरहेको समयमा भारतको महाराष्ट्रस्थित पुणे जिल्लाका शंकर कुराडे नामका व्यक्तिले महंगो मूल्यमा आफ्नो लागि सुनको मास्क बनाएका हुन्।

उनले झण्डै ५० ग्राम सुन प्रयोग गरेर मास्क बनाएका छन्।

उनका अनुसार सुनको मास्कमा ससाना प्वालहरु छन् जसबाट श्वासप्रश्वासलाई सहयोग पुग्छ।

शंकर सुनका विभिन्न गहनाका ठूलो सोखिन हुन्।

उनी झण्डै ३ किलो सुनका गरगहना सँधै लगाइरहेका हुन्छन्।

भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा बढ्दै गएको छ। त्यहाँ साढे ६ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने भने २२ हजार संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 04, 2020| 14:30 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।