आइतबार, भदौ २१, २०८३

बझाङको पहिरोमा ३ जनाको मृत्यु, ४ जना बेपत्ता

बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। पहिरोमा अन्य ४ जना बेपत्ता भएका छन्। बेपत्ताहरुको स्थानीयवासीले खोजी जारी राखेका छन्।

गाउँपालिका-८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको शव पुरिएको छ।

बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको पनि उनले घटनास्थलबाट जानकारी दिए।

पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छन्।

पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन्।
शुक्रबारको अविरल वर्षाका कारण राती १२ बजे गएको पहिराले मल्लेसीमा १७ घर बगाएको थियो।

प्रकाशित: Jul 04, 2020| 14:00 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।