शुक्रबार, असार ५, २०८३

पेशाको सुरक्षाका लागि पत्रकारहरु सडकमा (तस्बिरहरु)

मिडिया हाउसले लकडाउनको कारण देखाएर पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

मिडिया हाउसले लकडाउनको कारण देखाएर पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्।

National life

नेपाल पत्रकार महासंघको अगुवाइमा आज शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ला कार्ड बोकेर प्रदर्शन गरे।

लकडाउन सुरु भएसँगै सञ्चारमाध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधि बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले ‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?’ ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?’ आदि लेखिएका प्ला कार्ड बोकेका थिए।

Shivam cement

प्रकाशित: Jul 03, 2020| 16:16 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।