मंगलबार, असोज ६, २०८३

नेपाल समय बिहानी समाचार : सरकार बजेटविहीन, झरी जारी

सरकारले समयमै बजेट पास गर्न नसक्दा मुलुक आजदेखि मुलुक बजेटविहीन भएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– सरकारले समयमै बजेट पास गर्न नसक्दा मुलुक आजदेखि मुलुक बजेटविहीन भएको छ। 

सरकार र प्रमुखी प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक संघर्ष चलिरहेका बेला त्यसको प्रत्यक्ष मार देशको बजेटमा परेको हो। एकले अर्कोलाई दोष लगाउँदै उम्कने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनका नेताहरु एमालेले संसद् अवरोध गरेका कारण बजेट पास गर्न नसकेको बताउछन्। एमालेले भने सरकारले बजेटलाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ। 

संसदबाट बजेट पारित नहुँदा सरकारले राजस्व उठाउन पाउने भए पनि खर्च भने रोकिने अवस्था आएको छ। प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित नगरेपछि आजदेखि सरकारी खर्च गर्न पाउने छैन।

संखुवासभा घटनाको अर्को अभियुक्त पक्राउ

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन्। 

यसअघि मुख्य आरोपितका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको हो। बिसीका अनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ। 

लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ। घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरीको अनुमान छ। संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो।

जागिर खुल्यो सेनामा

नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज बिहीबार गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ। सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ। भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ । 

झरी जारी

मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहदा बुधबारदेखि नेपालका विभिन्न स्थानमा झरी परिरहेको छ। 

हाल  देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। आज राति पनि देशभर  सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।  


प्रकाशित: Sep 16, 2021| 11:48 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।