शुक्रबार, भदौ ५, २०८३

बुधबार राति सुटुक्क शीतलनिवास किन पुगे ओली?

नेकपा एमालेको बुधबार बुटवलमा वृहत्त कार्यकर्ता भेला थियो। भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका थिए।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- नेकपा एमालेको बुधबार बुटवलमा वृहत्त कार्यकर्ता भेला थियो। भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका थिए। 

उनी भेलालाई सम्बोधन गरेर बुधबार नै काठमाडौं फर्किए। बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो। काठमाडौँ ओर्लेर उनी सिधै राष्ट्रपति कार्यालय शीतलनिवास पुगे।

उनी शीतलनिवास पुग्दा रातिको ८ बजिसकेको थियो। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी र ओलीबीच दुई घण्टा सम्वाद भएको स्रोतले बताएको छ। राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल भए पनि भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको स्रोतको भनाइ छ। भेटमा संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

प्रकाशित: Sep 16, 2021| 09:58 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...