सोमबार, असार २९, २०८३

एन्थोनी मार्सलको ह्याट्रिकसँगै म्यन्चेटर युनाइटेडको जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले ह्याट्रिक गरेका छन्। उनले शेफिल्ड युनाईटेडविरुद्ध घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले ह्याट्रिक गरेका छन्। उनले शेफिल्ड युनाईटेडविरुद्ध घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे।

युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ३–०को सहज जित निकालेको थियो। जसमा सबै गोल मार्सलले नै गरे। उनले खेलको ७, ४४ र ७४ औं मिनेटमा गोल गरे।

ह्याट्रिकसहित जित हात पारेको युनाइटेड ४९ अंकसहित पाचौं स्थानमा छ। समान अंक रहेको वुल्भ्स छैटौं स्थानमा छ। त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको ५१ अंक छ।

पछिल्लो खेलको प्रशंसा गर्दै युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्जस्करले मार्सलको खेल देखेर खुसी भएको बताएका छन्। ‘म एन्थोनीप्रधि धेरै नै खुसी छु। हामीले उनीसँग धेरै काम गरेका छौं,’ प्रशिक्षकले खेलपछि भने, ‘उनी अहिले राम्रो अवस्थामा छन्। उनले अझै राम्रो गर्न सक्छन्।’

२४ वर्षे फ्रेन्चमेन मार्सल सन् २०१५ मा मोनाकोबाट प्रिमियर लिग खेल्न इंग्ल्यान्ड गएका थिए। पहिलो सिजनमा उनले दुवै क्लबमा गरि ११ गोल गरे। त्यस्तौ त्यसपछिका सिजनमा पनि ४, ९, १० गोल गरिसकेको मार्सलले जारी सिजनमा १४ गोल गरेका छन्।

उनी ४७ मिलियन पाउन्डमा युनाइटेड भित्रिएका थिए। गएरातिको खेलमा ह्याट्रिक गरेसँगै उनले युनाइटेडको लामो समयको ह्याट्रिकको खडेरी पनि पूरा गरेका छन्।

प्रकाशित: Jun 25, 2020| 07:49 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।