शुक्रबार, भदौ ५, २०८३

'एमालेलाई दोष दिएर सरकारले वित्तीय संकट निम्त्यायो'

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिपक्षीमाथि दोष थुपारेर सरकारले वित्तीय संकट सिर्जना गर्न खोजेको आरोप लगाएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिपक्षीमाथि दोष थुपारेर सरकारले वित्तीय संकट सिर्जना गर्न खोजेको आरोप लगाएको  छ।

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन नसकेको र यसका कारण सरकारको खर्च नपाउने परिस्थिति सिर्जना भएको एमालेको भनाइ छ। यो परिस्थिति सरकारका कारण आएको एमालेले उल्लेख गरेको छ। 

महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको दाबी गरिएको छ। सरकार प्रतिपक्षीको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले लगाएको छ। 

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि एमालेले आपत्ति जनाएको छ। बजेट पास नगर्दा सरकारले राज्यको ढुकुटीबाट आज राति १२ बजेदेखि खर्च गर्न पाउँदैन।

प्रकाशित: Sep 15, 2021| 17:22 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...