राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ। उनलाई राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सो पदको जिम्मेवारी दिएका हुन्।
‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत संभार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
सदस्य–सचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गरेका छन्।