सोमबार, असार २९, २०८३

क्यारेबियन प्रिमियर लिगमा सन्दीपको मूल्य एक करोड

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिब एक करोड ८ लाख ५० हजार मूल्यसँगै ड्राफ्टमा नाम दर्ता गराएका छन्। सीपीएलमा नाम दर्ता गराउने उनी एकमात्र नेपाली क्रिकेटर हुन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिब एक करोड ८ लाख ५० हजार मूल्यसँगै ड्राफ्टमा नाम दर्ता गराएका छन्। सीपीएलमा नाम दर्ता गराउने उनी एकमात्र नेपाली क्रिकेटर हुन्।

सीपीएलले आज बुधबार ड्राफ्ट गर्ने बताएको छ, जहाँ सन्दीपले ९० हजार अमेरिकी डलर बराबरको ड्राफ्ट दर्ता गराएका छन्।

ईएसपीएन क्रिकइन्फोका अनुसार ड्राफ्टमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा सर्वाधिक मूल्य राख्नेमा पाकिस्तानका शाहिद अफ्रिदी छन्। उनले आफ्नो मूल्य एक लाख ६० हजार डलर राखेका छन्। विश्वकप विजेता इंग्ल्यान्डका कप्तानले आफ्नो मूल्य एक लाख ३० हजार डलर राखेका छन्।

सन्दीप धेरै मूल्य राख्नेमा चौथो नम्बरमा छन्। तेस्रो नम्बरमा भने टम बन्टन, टिम साउथी र बेन बटिङले समान एक लाख १० हजार डलर मूल्य राखेका छन्।

सिपीएल आगामी अगस्टको १८ बाट सेप्टेम्बर १० सम्म बन्द रंगशालामा हुने तय भएको छ। स्थानीय सरकारको स्वीकृतिमा क्रिनिडाड र टोबागो रंगशालामा खेल हुनेछ।

प्रकाशित: Jun 24, 2020| 16:36 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।