सोमबार, फागुन १८, २०८२

दैलेखमा शिक्षक हत्याका दोषी पहिचान

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले दाबी गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

सुर्खेत– दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले दाबी गरेको छ। ‘दोषीहरू नियन्त्रणमै छन्, अनुसन्धान सकारात्मक रूपले अगाडि बढेको छ,’ दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘अनुसन्धान सकेपछि अभियुक्तलाई सार्वजनिक गर्छौँ।’ 

प्रहरीले शिक्षकको हत्यामा दुई जना व्यक्तिहरु संलग्न रहेको निष्कर्ष निकालेको छ। अहिले ती दुई जनामाथि नै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  ‘सोधपुछका लागि धेरैजनालाई नियन्त्रणमा लिएका थियौं, तीमध्ये दुई जना दोषी रहेको प्रमाण फेला पारेको छ,’ उनले भने, ‘अनुसन्धान सकारात्मक रुपले अगाडि बढेको छ।’ ती दुई जना व्यक्तिहरू सोमबार रातिसम्म हत्या गरिएका शिक्षकसँगै रहेको प्रहरीको दावी छ।

सोमबार राति विद्यालयसँगै जोडिएको भवनमा पसल सञ्चालकका परिवारका चार सदस्य र गुराँस गाउँपालिका–८ छोटेपोखरा टोलकै चार स्थानीय युवाहरूसँग थिए। शिक्षकको हत्यापछि मंगलबार दिउँसो प्रहरीले सुरूमा ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। तीमध्ये दुई जना व्यक्तिमाथि गहिरो तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

शिक्षक गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए। सोमबार राति विद्यालयको प्रांगणमै हत्या गरिएको अवस्थामा शिक्षकको शव भेटिएको थियो।

प्रकाशित: Sep 15, 2021| 13:26 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।