शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दुई फरक कार्यक्रममा रावल र भट्टले गरे सुदूरपश्‍चिम इन्चार्जको दाबी

दुई फरक कार्यक्रममा रावल र भट्टले गरे सुदूरपश्‍चिम इन्चार्जको दाबी

नेकपा एमाले विभाजनपछि एमालेमै बसेका भीम रावलले आफू सुदूरपश्‍चिम इन्चार्ज भएको दाबी गरेका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- नेकपा एमाले विभाजनपछि एमालेमै बसेका भीम रावलले आफू सुदूरपश्‍चिम इन्चार्ज भएको दाबी गरेका छन्।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा रावलसहितका नेताहरुलाई राखेर सुदूरपश्‍चिमको इन्चार्ज लेखराज भट्ट नै कायम रहेको बताए पनि मंगलबार रावलले आफू इन्चार्ज भएको दाबी गरेका हुन्। 

त्यसैगरि कञ्‍चनपुरमा आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टले पनि आफू नै सुदूरपश्‍चिम इन्चार्ज भएको बताएका हुन्। 

रावल मंगलबार धनगढी पुगेका हुन् भने भट्ट सोमबारदेखि नै सुदूरपश्चिममा छन्। रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै इन्चार्जको दाबी गरेका हुन् भने भट्टले कञ्‍चनपुरमा घोषणा गरिएको सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनका क्रममा आफू नै सुदूरपश्‍चिमको इन्चार्ज भएको दाबी गरेका हुन्। 

धनगढीमा नेता रावलले भने, ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्‍चिमको इन्चार्जको हैसियतामा छु। पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन।'

उता कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेका हुन्। इन्चार्जको विषयमा कुनै विवाद छैन।’

प्रकाशित: Sep 14, 2021| 20:15 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...