शुक्रबार, भदौ ५, २०८३

नेकपा माओवादी केन्द्रको विधान पारित, निर्वाचन समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । 

माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो। बैठकले पार्टीको निर्वाचन समिति पनि गठन गरेको छ। 

विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

समितिलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्‍ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ। प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए। 

पार्टी प्रवक्ता महराले भने, ‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो, आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो।'

विभिन्‍न पार्टी, खास गरेर अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका कतिपय पार्टी नै एकतामा आउने गरेका विभिन्‍न कुराको एकता प्रक्रिया र समायोजन कसरी गर्ने कुन तहमा समायोजन गर्ने भन्‍ने विषयमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। 

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भए पनि संसद राम्रोसँग चलाउनुपर्छ भन्‍ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए। 

प्रकाशित: Sep 14, 2021| 19:01 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...