शनिबार, असोज ३०, २०७८

पार्टी अध्यक्ष कमल थापा बने राप्रपाको सक्रिय सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएका छन्। 
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएका छन्। 

यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सह-महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रालगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरेका हुन्। 

गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषदको बैठकले निर्देश गरे बमोजिम र त्यस लगत्तै काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय अनुसार संगठन विभागले कार्यविधि बनाइ अभियानको सदस्यता वितरण शुरु गरेको हो। 

नयाँ व्यवस्था अनुसार पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको छ। राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिदैछ।

राप्रपाले सक्रिय सदस्य कै आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ, यसअघि गाउँ, नगर, क्षेत्र, जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई परिवर्तन गरि यो नयाँ व्यवस्था गर्न छलफल थालिएको हो।

राप्रपाले पार्टीलाई प्रजातान्त्रिक र समावेशी बनाउन विधान मै परिमार्जन गर्न लागेको छ। 

राप्रपा प्रचार विभाग प्रमुख, मोहन श्रेष्ठ भने, 'विरगंजमा गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकमै यसबारे बृहत छलफल भएको थियो, विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक समिति गठन गरिएको छ जसले सरोकारवाला पक्षसँग छलफल र अन्तर्क्रिया गरि केही दिन मै विधान संशोधनको अन्तिम प्रतिवेदन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गर्ने तयारी भइरहेको छ।
 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, पुष १६, २०७४

थप समाचार

गाउँमा न पिङ भेटियो, न पिङ हाल्ने युवा नै भेटिए

एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन्। यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ।

विवाहको नवौं वर्षगाँठ मनाउँदै सैफ–करिना

बलिउडका चर्चित जोडीमध्येको एक हो, सैफ अलि खान–करिना कपुर। यो जोडी आज शनिबार विवाहको नवौं वर्षगाँठ मनाउँदैछ।

भारतीय सेनाका उच्च अधिकारीको टोली नेपाल आउँदै

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ।

आजदेखि वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि मौसम बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीयसँग झडप हुँदा ७ प्रहरी घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी घाइते भएका छन्।

१४ वर्षीया संगीताको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी

मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए। बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन्।

ट्रेंडिंग

नेपाल समय
फुटबल

साफ फाइनल : भारतसँग गल्ती सच्याएर खेल्ने रणनीतिमा नेपाल

‘नेपालका लागि बिग म्याच हो। त्यो खेल सजिलो हुने छैन। तर हामी तयार छौं। हामी पूरै खेलमा केन्द्रित छौं,’ सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी ठूलो संकल्पका साथ रिजल्टका लागि खेल्नेछौं। भारतसँग खेल्दा पहिले भएका गल्ती सच्याएर सुधारिएको खेल खेल्नेछौं।’
नेपाल समय
सुदूरपश्चिम

प्रधानमन्त्री देउवाको भाइको घरमा चोरी

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो चोरी भएको छ।
नेपाल समय
राजनीति

सुजातालाई मन्त्री बनाउन देउवा समूहको कसरत

नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेकी कोइरालालाई मन्त्री बनाउन पाए महाधिवेशनका लागि देउवालाई सहज हुने ती नेताहरूको बुझाइ छ।
नेपाल समय
फुटबल

नेपाल नफर्कने घोषणा गर्दै अलमुताइरीले भने, अब मेरो नाममा कसैले पैसा कमाउन पाउने छैन

‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।
नेपाल समय
फुटबल

साफमा पहिलो फाइनल यात्रा : बंगलादेश र नेपालको नाटकीय अनि दबाबपूर्ण खेल

नेपाल पहिलो पटक दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C