बुधबार, मंसिर ३, २०८२

नयाँ नक्साको स्वागतमा दीपावली

आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

भारतले हडपेको भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सा संविधान तथा निशान छापमा समावेश गर्न संविधान संशोधन भएको खुसीयालीमा दीपावली गरिएको छ।

National life

आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्।

नेपालको नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै उनले भारतसँग भूमि फिर्ताका लागि वार्ता गरिने बताएका हुन्। 

प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो भएको बताए।

Laxmi sunrise bank
kumari

आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रूपमा पारित भएको छ, केही सांसदहरू अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ।” 

प्रकाशित: Jun 13, 2020| 20:35 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।