शुक्रबार, भदौ ५, २०८३

सांसदद्वय पाण्डे र भट्टले नेकपा (एस) रोज्‍न पाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सो आदेश दिएको हो। निर्वाचन आयोगले उनीहरूलाई समाजवादीको सांसद कायम गर्न मानेको थिएन। त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा दिएको रिटमाथि आज आदेश आएको हो।

उनीहरू दुवैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए। 

प्रकाशित: Sep 14, 2021| 15:57 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...