शुक्रबार, भदौ ५, २०८३

माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन्। मंगलबार गृहजिल्ला झापा पुगेका ओलीले आफ्ना पूर्वसहयात्रीहरुको आलोचना गरेका हुन्। 

नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी ओलीले गरे। एमाले फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्यसमेत जित्न नसक्ने टिप्पणी ओलीले गरे। 

झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको बरु फुटाउन मात्रै जानेको बताए। भने, ‘माधव नेपालले पार्टी बनाउँदैनन्। एमाले फुटाउन खोजेको हो, बनाउन होइन। फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री भए, नेता भए, गुटबन्दी गरे। एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारेर आफैं राजीनामा गरे।’ 

आफूहरूले माधव नेपाललाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर आफैं छुट्टिएको गुनासो गरे। भने,  ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्कै फुक्ल्यो। एमाले फुटेको होइन, चोइटिएको हो।’

माओवादी अध्यक्ष प्रचण्डप्रति पनि कटाक्ष गरे ओली। भने, ‘प्रचण्ड असल बाबु, काका र असल ससूरा, सम्धी हुन्। तर धोकेबाज, बेइमान र छट्टु नेता हुन्।’

प्रकाशित: Sep 14, 2021| 15:35 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...