शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीका फाेहाेरा, केही पक्राउ (फोटो फिचर)

बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीका फाेहाेरा, केही पक्राउ (फोटो फिचर)

सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं-  सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

National life

कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले स्वस्फूर्त रुपमा प्रधानमन्त्री निवास नजिक गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भएको छ।

 

शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा पनि छ्यापेको छ। प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन्। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।

Shivam cement

उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन्।

प्रकाशित: Jun 09, 2020| 12:51 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।