शुक्रबार, भदौ ५, २०८३

यसकारण दुई महिनासम्म भएन देउवा नेतृत्वको मन्त्रीपरिषद् विस्तार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको मंगलबार दुई महिना पूरा भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको मंगलबार दुई महिना पूरा भएको छ। संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। 

हाल स्वास्थ्य राज्यमन्त्रीसहित जम्मा ५ जना मन्त्रीका भरमा देउवाले सरकार चलाइरहेका छन्। आफू नियुक्त भएकै दिन कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका थिए। त्यसको १२ दिनपछि स्वास्थ्य राज्यमन्त्रीका रुपमा साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। 

त्यसयता मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन्। अहिले प्रधानमन्त्री देउवाले १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। २४ भदौमा बसेको सत्तारुढ गठबन्धनको बैठकले एक दुई दिनमा नै मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेपनि अझै विस्तार हुन सकेको छैन्। 

माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीबीचको टकरावका कारण मन्त्रीपरिषद् विस्तारमा समस्या देखापरेको छ। दुई दलबीच दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा विवाद देखिएको छ। 

एकिकृत समाजवादी तत्कालै उक्त अध्यादेश निस्कृय बनाउन नहुने पक्षमा छ भने जनता समाजवादी उक्त अध्यादेश निष्कृय बनाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने अडानमा छ। अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने प्रावधान छ। त्यसो हुँदा मन्त्री बन्न नपाए चार जना सांसदले पार्टी फुटाउन सक्ने त्रासमा उपेन्द्र यादव देखिएका छन्। 

दुई दलको विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएपनि सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भने नेकपा एकीकृत समाजवादी पार्टीका विषयमा अदालतमा मुद्दा विचाराधिन रहेकाले मन्त्रीपरिषद् विस्तार हुन ढिलाइ भएको दाबी गरेका छन्। 

‘केहि दिन अदालतको बाटो हेर्ने र अदातलबाट चाडै किनारा नलागे मन्त्रीपरिषद् विस्तार गर्ने समझदारी भएको छ।’ उनले भने, एकिकृत समाजवादीका सांसद्लाई मान्यता नदिन माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

प्रकाशित: Sep 14, 2021| 10:24 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...