शुक्रबार, भदौ ५, २०८३

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन भदौ ३० देखि

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ। नेपाली कांग्रेस (बीपी)ले सोमबार पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो। 

सम्मेलनमा नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी)का नीति, उद्देश्य, योजना, कार्यक्रम, सङ्गठनात्मक नीति तथा कार्यनीति अन्य पार्टीभन्दा फरक लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिए। 

नेपाली कांग्रेस (बीपी)ले एमसिसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ। 

पार्टीका महामन्त्री सुशीलमान शेरचनले बीपी कोइरालाद्वारा प्रतिपादित विचार पार्टीको विचार भएको भन्दै नेपाली कांग्रेस (बीपी)ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्त मान्ने बताए। उनले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरूपमा आत्मसात गर्दै नेपाली कांग्रेस (बीपी) अगाडि बढ्ने स्पष्ट पारेका थिए। 

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पुर्‍याएर समृद्ध समाज निर्माण गर्नका लागि भूमिका खेल्न भन्दै विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस (बीपी)को स्थापना गरिएको थियो।

प्रकाशित: Sep 13, 2021| 21:55 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...