शुक्रबार, भदौ ५, २०८३

एमसीसी लागु गर्नेविरुद्ध हामी लड्छौं : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौता कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिएका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौता कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिएका छन्। 

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबी गरे। 

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागु गर्ने एमसीसीको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई उनले आह्वान गरेका छन्। एमसीसीविरुद्ध सोमबार काठमाडौंको खुलामञ्‍चमा पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ? भनि प्रश्‍न पनि गरे।

महासचिव चन्दले भने, ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागु हुन दिँदैनौं। यो कुनै लकाइ-छिपाइको कुरा छैन। आज पनि हामी भन्छौं - एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ। कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्‌न पाउँदैन ।'

तर, एमसीसी सम्झौतामा उनले नेपालमा अमरिकी सेना आउने अथवा सैन्य रणनीतिको अंग हुने भन्‍ने कुरा उल्लेख गरिएको छैन।  एमसीसीका उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपालको आग्रहमा गरिएको उल्लेख गर्दै पूर्ण आर्थिक हितसँग सम्बन्धित भएको बताएकी थिइन्। 


प्रकाशित: Sep 13, 2021| 19:12 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...