मंगलबार, पुस १, २०८२

१६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनका लागि गाउँपालिका प्रमुख

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, भदौ २९, २०७८

विराटनगर- बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गर्ने भएकी हुन्।

National life

बालबालिकाहरुलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्‍ने अनुभूती दिलाउने उद्देश्य अनुसार बालिकालाई एक दिनका लागि गाउँपालिका प्रमुख बनाउने कार्यक्रम राखिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए। 

उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नविन रुपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो। भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्‍ने कार्यक्रम गर्न लागिएको उनले बताए।

नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये घरगाउँको सरकारको रुपमा रहेको स्थानीय तहले बालबालिकाका विषयहरुलाई कसरी व्यवस्थापन गरिरहेको छ र बालबालिकाहरुले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन्, गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्‍ने विषयलाई बालबालिका स्वयंले अनुभूत गर्नका लागि एकदिन गाउँपालिकाको अध्यक्षको भूमिकामा बालबालिकालाई राखि अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्‍चको रुपमा भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्‍ने कार्यक्रम गरिने अधिकारीले बताए।

बूढीगंगा गाउँ कार्यपालिकाको सोमबारको बैठकले मंगलबार राष्ट्रिय बाल दिवसका दिन गाउँपालिकाको एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको छ। गाउँपालिकाको निर्णय अनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाट अध्यक्षका लागि छनोट भएकी सुस्मिता ऋषिदेवलाई जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरिने, पत्र प्राप्त भए पश्चात बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत अधिकारीले बताए। 

Laxmi sunrise bank
kumari

उनले भने,‘ पदभार ग्रहण पश्चात गाउँ कार्यपालिकाको बैठक राख्‍ने र बालबालिकासम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा गरिने छ।’

कार्यपालिकाको बैठक पश्चात नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने, अनुगमनपछि पालिकाका कर्मचारी जनप्रतिनिधिहरु र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्‍चालन गरी अनुमगनसम्बन्धी धारणाहरुको विषयमा छलफल र अन्तर्क्रिया सञ्‍चालन गर्ने र कार्यपालिकाको बैठक सञ्‍चालन र धन्यवादसहित निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई जिम्मेवारी हस्तान्तरण गरिने अधिकारीले बताए।

कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषदले गर्ने र व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन १०९८ मोरङ र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ ले गर्ने अधिकारीको भनाइ छ।

बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्‍ने उद्देश्यले कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बताए। उनले भने,‘यसखालका कार्यक्रम देशव्यापी रुपमा गर्न आवश्यक छ ।’


प्रकाशित: Sep 14, 2021| 06:25 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।