बिहीबार, जेठ २१, २०८३

माओवादीले ६ महिनापछि तोक्यो सुर्खेतका स्थानीय तहमा नेतृत्व

जसअनुसार चौकुने गाउँपालिकामा खड्कबहादुर विश्वकर्मा, पन्चपुरी नगरपालिकामा धनबहादुर विक, बराहाताल गाउँपालिकामा ईश्वरीभक्त सुनार र वीरेन्द्रनगर नगरपालिकामा दानसिंङ सुनारलाई इन्चार्ज तोकेको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

सुर्खेत- नेकपा माओवादी केन्द्रले सुर्खेतका सबै स्थानीय तहमा इन्चार्जहरु तोकेको छ। जसअनुसार चौकुने गाउँपालिकामा खड्कबहादुर विश्वकर्मा, पन्चपुरी नगरपालिकामा धनबहादुर विक, बराहाताल गाउँपालिकामा ईश्वरीभक्त सुनार र वीरेन्द्रनगर नगरपालिकामा दानसिंङ सुनारलाई इन्चार्ज तोकेको छ।

National life

त्यस्तै लेकवेशी नगरपालिकामा सीताकुमारी नेपाली, भेरिगंगा नगरपालिकामा नन्दबहादुर कार्की, गुर्भाकोट नगरपालिकामा ठम्मरबहादुर बिष्ट, चिंगाड गाउँपालिकामा जितबहादुर राना र सिम्ता गाउँपालिकामा झुपबहादुर बुढालाई इन्चार्ज तोकेको हो।

नेकपा विघटन भएको ६ महिनापछि माओवादीले स्थानीय तहमा नेतृत्व तोकेको हो। तत्कालीन नेकपा हुँदा एमाले र माओवादीबाट समान हैसियतमा स्थानीय तहको कमिटीहरु बनेका थिए। 

एमालेले अध्यक्ष लिएको पालिकामा माओवादीले सचिव र माओवादीले सचिव लिएको पालिकामा एमालेले अध्यक्षको जिम्मेवारी सहितका कमिटीहरु बनेका थिए।

फागुन २३ मा सर्वाेच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि स्थानीयमा माओवादीका पार्टी संरचनाहरु नेतृत्व विहीन थिए। 

Shivam cement

आइतबार नेतृत्व तोकेको माओवादीले इन्चार्जहरुले आज (सोमबार)देखि जिम्मेवारी सम्हालेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए।

प्रकाशित: Sep 13, 2021| 17:14 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।