बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • खोप लगाएका व्यक्तिमा दादुराको संक्रमण, सल्यानमा पनि भेटिए बिरामी

खोप लगाएका व्यक्तिमा दादुराको संक्रमण, सल्यानमा पनि भेटिए बिरामी

‘खोप लगाएका बालबालिकामा दादुरा हुँदैन भन्ने मान्यता छ,’ चौधरीले भने, ‘तर सल्यान र जाजरकोटमा दादुराविरुद्धको खोप लगाएका बालबालिकामा पनि दादुराको संक्रमण देखिएको छ।’
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा जाजरकोटपछि सल्यानमा पनि दादुराका बिरामी भेटिन थालेका छन्। सल्यान जिल्ला बनगाड कुपिन्डे गाउँपालिका–२ बामेकी ५ वर्षीया कमला शर्मा, शारदा नगरपालिका –८ मार्केकी साढे ३ वर्षीया कालिका जिसी र सिद्धकुमाख गाउँपालिका–३ डोरचौरकी ३ वर्षिया बालिका गृष्मा थापालाई दादुरा संक्रमण भएको पुष्टि भएको हो। 

National life

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए। तीन जनामध्ये दुई बालिकाले दादुराविरुद्धको खोप पनि लगाएको चौधरीले जनाए। 

‘खोप लगाएका बालबालिकामा दादुरा हुँदैन भन्ने मान्यता छ,’ चौधरीले भने, ‘तर सल्यान र जाजरकोटमा दादुराविरुद्धको खोप लगाएका बालबालिकामा पनि दादुराको संक्रमण देखिएको छ।’

केही दिनअघि जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी ९ वर्षीया रन्जीता विक, ८ वर्षीया भवानी विक र ११ महिने यसुधा रानालाई दादुरा भएको संक्रमण पुष्टि भएको थियो। उनीहरूले पनि दादुराविरुद्धको खोप लगाएका थिए। खोप लगाएका बालबालिकामा पनि दादुरा संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले अनुसन्धान थालेको बताएका छन्।

संक्रमण देखिएको रावतगाउँमा विश्व स्वास्थ्य संगठनका चिकित्सक र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्यकर्मीले अध्ययन थालेको चौधरीले जनाए। रावत गाउँका सामुदायस्तरमा परीक्षण गरिएको थियो। १८ जना बालबालिकामा परीक्षण गर्दा तीन जना संक्रमण पुष्टि भएको हो। दादुराविरुद्धको खोपको म्याद सकियो वा लगाउँदा प्राविधिक कमजोरी भएका कारण बालबालिकामा दादुरा संक्रमण हुनसक्ने उनको तर्क छ।

Shivam cement

प्रकाशित: Sep 13, 2021| 16:59 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।