शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डडेल्धुराको वडा अधिवेशन स्वीकार्य छैन, पुनः अधिवेशन हुनुपर्छ : पौडेल पक्ष [भिडियो]

डडेल्धुराको वडा अधिवेशन स्वीकार्य छैन, पुनः अधिवेशन हुनुपर्छ : पौडेल पक्ष [भिडियो]

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन आफ्नो पक्षलाई मान्य नहुने बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी पौडेल पक्षले यस्तो बताएको हो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन आफ्नो पक्षलाई मान्य नहुने बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी पौडेल पक्षले यस्तो बताएको हो। 

'डडेल्धुराको वडा हामी स्वीकार गर्न तयार छैनौँ। पार्टी सभापतिलाई पनि मैले भनिसकेको छु। पुनः निर्वाचित गर्नुपर्छ,' पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'सभापतिले आफ्नै गृहजिल्लाबाट निष्पक्ष निर्वाचन गराउने विश्वासको वातावरण बनाउनुपर्छ। त्यसरी धाँधलीपूर्वक प्रहरीको घेरामा भएको अधिवेशनलाई निर्वाचन समितिले पनि मान्यता दिनुहुँदैन। यहाँसम्मको खेलबाडलाई हामी स्वीकार गर्न सक्दैनौँ।'

पौडेल पक्षले नेपाली कांग्रेसको परम्परामा कहिल्यै नभएको तिक्त घटना भएको पौडेल पक्षको भनाइ छ। डडेल्धुरामा प्रहरीको घेरामा भएको निर्वाचन/अधिवेशनले पार्टीमा तनाव सिर्जना भएको पौडेल पक्षको ठहर छ। 'डडेल्धुराको घटनाले अवैधानिक र अलोकतान्त्रिक छ। यसले आगामी महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा गरेको छ,' पौडेल पक्षले भनेको छ।' 

क्रियाशील सदस्यताको विवाद नै समाधान नगरी फर्जी नाम समावेश गरी वडा अधिवेशन गराइएको पौडेल पक्षको भनाइ छ। 'क्रियाशील सदस्यताको विवाद नै समाधान नभएको अवस्थामा प्रहरी घेरामा जसरी धाँधलीपूर्वक सत्ता र शक्तिको चरम दुरुपयोग गरी अधिवेशन भएको छ, यसले मनपरीतन्त्र, अराजकता र बलमिच्याईं सिर्जना गरेको छ,' पत्रकार सम्मेलनमा पौडेलले भने, 'यसलाई निष्पक्ष र न्यायोचित तरिकाले समाधान गर्नुपर्छ।'

पत्रकार सम्मेलनमा प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शशांक कोइराला, डा रामशरण महत र सीतादेवी यादवलगातयतका नेताहरू उपस्थित थिए। 

प्रकाशित: Sep 13, 2021| 16:35 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...