आइतबार, कात्तिक ३०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ नेकपा (एस) संसदीय दलको नेतामा राई, आचार्य सरकार अल्पमतमा

प्रदेश १ नेकपा (एस) संसदीय दलको नेतामा राई, आचार्य सरकार अल्पमतमा

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

विराटनगर– नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। सोमबार काठमाडौंमा बसेको दलको बैठकले राईलाई दलको नेतामा चयन गरेको सांसद उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए। 

National life

संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई समर्थन नरेहको निर्णयसमेत गरेको राईले बताए। ससंदीय दलको निर्णय प्रदेश सभा सचिवालयमा सोमबार नै दिइने घिमिरेले बताए। 

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सासदले सनाखत गरेका थिए। उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो। राजेन्द्र राई, राजन राई, उपेन्द्रप्रसाद घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ। 

बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। 

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 13, 2021| 15:14 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।