शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रापप्रा कार्यकर्तालाई कमल थापाको निर्देशन– व्यक्ति होइन, विचारको पछि लाग्‍नुस्

रापप्रा कार्यकर्तालाई कमल थापाको निर्देशन– व्यक्ति होइन, विचारको पछि लाग्‍नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताएका हुन्।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभई विचार र नेताको नभई नीतिको पछि लाग्न पनि आग्रह गरे। उनले आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रिय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए। उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए।

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताए। उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे।


प्रकाशित: Sep 13, 2021| 13:02 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...