शुक्रबार, फागुन १५, २०८२

आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो

सर्जक रमेश बीजीले कोरेका यी र यस्तै शब्द उनेर ‘आमा तिम्रो छाती’ बोलको राष्ट्रभक्ति गीतले यतिबेला धेरै नेपालीको मन छोएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

किन यति कम्जोर भयो गोर्खालीको छाती
पराईले परेड खेल्दा आफ्नै छाती माथि।
आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूल बाटो

National life

सर्जक रमेश बीजीले कोरेका यी र यस्तै शब्द उनेर ‘आमा तिम्रो छाती’ बोलको राष्ट्रभक्ति गीतले यतिबेला धेरै नेपालीको मन छोएको छ।

पश्चिमी सीमा कालापानीमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा लेखिएको गीतमा भूमि मिचिँदा पनि कोही नबोलेको कुरा पनि उठाइएको छ।

लिपुलेक, कालापानी, सुस्ता मेरै थियो
भन्थे बरै पुर्खाले त अझै धेरै थियो।

नारायण रायमाझी र शान्तिश्री परियारको स्वरमा सजिएको गीतमा अर्काको भूमि मिच्ने छिमेकीको व्यवहार उदांगो पारिएको छ।

Laxmi sunrise bank
kumari

आफ्नै माटो जोगाउन माटै बनून् बरु
बिउँझ न ए अमर सिंह बलभद्रहरु।

छिमेकीले हडपेको भूमि फिर्ता ल्याउन अमर सिंह र बलभद्र कुँवर नै बिउँझिन पर्ने अवस्था उत्पन्न भएको औँल्याउँदै गीतमा भूमि रक्षाका लागि सबै देशभक्तले जाग्नुपर्ने आशय छ।

निमोठेर खायो हजुर चिमोटेर खायो
आज आफ्नै छिमेकीले उठिबास लाग्यो।

भारतले सीमा मिचेका विषयमा पछिल्लो समय नेपालमा सडकदेखि सदनसम्म मात्र तातेको छैन भारतसमेत तरंगित भइरहेको बेला थुप्रै सर्जकले गीतका माध्यमबाट भूमिरक्षाका लागि आवाज उठाएका छन्।

छोड नेता राजनीतिको जोडघटाउ
स्वाभिमानी नेपालीलाई सीमामा खटाऊ।

नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको स्वरमा रहेको ‘छिमेकी र मेरो देश’ बोलको यो गीतले नेताहरुलाई राजनीतिको जोडघटाउ गर्नुभन्दा पनि देशको भूमिरक्षाका लागि युवालाई सीमामा खटाउन आह्वान गरिएको छ।

रगतको खोलो बगाई जोगाएको बिर्ता
हाम्रो भूमि जसरी नि ल्याउनुपर्छ फिर्ता।

पुर्खाहरुले रगतको खोलो बगाएर जोगाइराखेको भूमि अरुलाई हडप्न दिनु हुँदैन र जसरी पनि फिर्ता ल्याएरै छोड्नुपर्ने आशयको उक्त गीतले पनि सीमाको रक्षाका लागि अब अन्तिम लडाइँ लड्नुपर्ने बेला आएको सन्देश दिएको छ।

उठ मेची महाकाली जुट बनी एक
फिर्ता गर्न कालापानी सुस्ता लिपुलेक।

त्यस्तै प्रेम कटुवालको शब्द तथा नेत्र भण्डारी, कृष्ण केसी, मीना लामा र सीता केसीको स्वर रहेको ‘हाम्रो भूमि फिर्ता गर’ गीत पनि यस्तै भावहरु समेटेर सार्वजनिक भएको छ ।

राजेश नेपालले कोरेका यी शब्दहरु ‘कालापानी लिपुलेक’ एल्बममा छन्। यो गीतले मिचिएको भूमि फिर्ता गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनता एकजुट भएर उठ्ने बेला आएको औंल्याएको छ।

वीर पुर्खाहरुले एक थोपा पानी नपिएर रगत र पसिना बगाएर आर्जेको भूमिमा पराईको नांगो नाच हेरेर बस्न नसकिने भन्दै गीतमा भूमि फिर्ता गर्न जनता जुर्मुराए पनि नेताहरु चुपचाप बसेको भन्दै आक्रोश व्यक्त गरिएको छ। पुर्खाको सान र हाम्रो पहिचान बचाउन सबैले एकसाथ उठ्नुपर्ने आह्वान गीतमा गरिएको छ।

सञ्चारकर्मी रवीन्द्र सुवेदीको शब्द तथा चिरञ्जीवी सापकोटा, जीवेश गुरुङ र प्रवीण भट्टको स्वरमा भर्खरै सार्वजनिक ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीतले पनि इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरेको छ।

भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ।
यी त प्रतिनिधिमूलक सिर्जना मात्र हुन्।

सञ्चारकर्मीले कलम तथा थुप्रै स्रष्टाले शब्द र स्वरको माध्यमबाट छिमेकीले हडपेको भूमि फिर्ता ल्याउन आवाज बुलन्द गरिरहेका छन्।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता वर्षौंदेखि भारतले हडपेकाले ती भूमि फिर्ता ल्याउन एकपटक अन्तिम प्रयास थाल्नुपर्ने आमनागरिका साथै सबै क्षेत्रबाट आवाज उठिरहेको छ।

प्रकाशित: May 25, 2020| 16:47 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्