सोमबार, मंसिर १५, २०८२

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

धनगढी- नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ। नेकपा एमाले विभाजनपछि गठित नेकपा  (एकीकृत समाजवादी) ले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो।

National life

नेकपा (एकीकृत समाजवादी) कि सुदूरपश्चिम प्रदेश सभा सदस्य दुर्गाकुमारी बिकले बैठक दिउँसो १ बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने तय भएको बताइन्। 

निर्वाचन आयोगबाट संसदीय दलले आधिकारीकता पाएको पत्र शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेको बताउदै बिकले भनिन्, ‘बैठकमा संसदीय दललाई पूर्णता दिने, कार्यालय व्यवस्थापन गर्ने, दलको नेता चयन गर्ने लगायतका समसामयिक विषयमा छलफल हुनेछ।’

उनले भनिन् , ‘बैठकमा संसदीय दलको प्रमुख सचेतक, सचेतक र दलको नेता चयनका विषयमा पनि छलफल हुनेछ।’ श्रोतका अनुसार आपसी सहमती जुटेमा संसदीय दलको नेता आजकै बैठकबाट चयन हुने सम्भावना रहेको छ। 

१४ जना प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेशसभामा पहिलो दल बनेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, एमालेका तत्कालीन प्रमुख सचेतक तारालामा तामाङ आकांक्षी रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 13, 2021| 11:25 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।