शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पार्टी फुटेको होइन, पिलो फुटेर सन्च भएको छ : पृथ्वीसुब्बा गुरुङ

पार्टी फुटेको होइन, पिलो फुटेर सन्च भएको छ : पृथ्वीसुब्बा गुरुङ

‘पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेकोमात्रै हो। माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो। अब सन्च भएको छ। नेकपा एमाले स्वच्छ बन्छ।’
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

पोखरा– एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको बताएका छन्। उनले कार्यकर्तालाई चिन्ता नलिन पनि आग्रह गरे। 

National life

दमौलीमा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले भने, ‘पार्टी फुटेको होइन, एमालेमा भएको  पिलो फुटेकोमात्रै हो। माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो। अब सन्च भएको छ। नेकपा एमाले स्वच्छ बन्छ।’

गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उनको भनाइ थियो। विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लागेकाहरु भन्दै उनले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गरे। 

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे। उनले भने, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो। सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन।’

प्रकाशित: Sep 13, 2021| 08:16 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।