सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गृहजिल्लामै एक्लिँदै गोपालमान, वडापछि नगरमा विवाद

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठका कारण उनकै गृह जिल्ला स्याङ्जाको पुतलीबजारमा पनि विवाद उत्पन्न भएको छ।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठका कारण उनकै गृह जिल्ला स्याङ्जाको पुतलीबजारमा पनि विवाद उत्पन्न भएको छ। यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर ३ को वडा अधिवेशनमा समेत उनले आफ्ना दुई छोरालाई क्षेत्रीय प्रतिनिधि बनाउन बारम्बार दबाब दिँदा विवाद भएको थियो। 

triton college

वडामा उत्पन्न विवादला समाधान गर्नका लागि हम्मे–हम्मे नै परेको स्थानीय कार्यकर्ता बताउँछन्। विवादका कारण साविकको वडा नम्बर ४ का श्रेष्ठ निकट वडा सभापति कृष्ण श्रेष्ठलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनलाई ‘ब्याक’ गरेर आफ्ना दुई छोराहरु सम्पूर्णमान श्रेष्ठ र राजु श्रेष्ठलाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए। 

आशन्न नगर अधिवेशनमा पनि श्रेष्ठकै गृहनगर पुतलीबजारको नगर सभापतिमा नाति विक्रान्त श्रेष्ठलाई उम्मेद्वार बनाउन लागेपछि जिल्लामा उनकै समूहभित्र समेत असन्तुष्टि देखिएको छ। यसअघि श्रेष्ठकै सक्रियतामा सुवर्णलाई उद्योग वाणिज्य संघ स्याङ्जाको सभापति बनाइएको थियो। 

वडा तहदेखि नै केन्द्रीय स्तरको नेताले पटक–पटक हस्तक्षेप गरेको भन्दै उनकै समूहमा पनि असन्तुष्टि देखिएको स्थानीय कार्यकर्ताको भनाइ छ। लामो समयदेखि श्रेष्ठकै समूहमा रहेर राजनीति गरेका पुतलीबजार वडा नम्बर ३ का नेता दिर्घनारायण शर्मासमेत अहिले उनीसँग रुष्ट छन्।

श्रेष्ठको समूहमा रहेर राजनीति गरेको तर अवसर पाउने बेलामा सधैं उनकै आफन्तले पाएको भन्दै शर्मा रुष्ट बनेका हुन्। श्रेष्ठले उमेद्वारी नदिन भन्दै फकाएपछि शर्मा कार्यवाहक सभापति कुमार राना र प्रदेशसभा सांसद भागवतप्रकाश मल्लको गठबन्धनमा लागेका छन्। राना र मल्ल दुवै जिल्ला सभापतिका आकांक्षी रहेका भए पनि थापालाई पराजित गर्नका लागि एकले मात्र उमेद्वारी दिने सहमति भइसकेको बताइएको छ।

Metro Mart
vianet

शर्माले यसपटक पुतलीबजार नगर सभापतिको लागि उम्मेद्वारी घोषणा गरेर कार्यकर्ता भेटघाटमा छन्। उनले उम्मेद्वारी घोषणा गरेसँगै नेता श्रेष्ठले पटक–पटक भेट्न बोलाई उम्मेद्वारी नदिनका लागि आग्रह गरेको बताइएको छ। शर्माले भने सधैं पछाडि परेको भन्दै यसपटक हारे पनि जिते पनि श्रेष्ठको आश्वासनमा नपर्ने र जसरी पनि नगर सभापतिमा लड्ने बताउँदै आएका छन्। श्रेष्ठले सुवर्ण र शर्मामध्ये एकजनालाई ‘ब्याक’ गराउन नसकेको खण्डमा नगर सभापति आफ्नो पोल्टामा नआउने देखेपछि उनले यतिबेला व्यक्तिगत रुपमै आफूहरुलाई फोन गरेर सहयोगका लागि हारगुहार गर्न थालेका क्षेत्रीय प्रतिनिधिहरुले बताएका छन्। 

श्रेष्ठ समूहबाट दुई जनाले उम्मेद्वारी दिने घोषणा भइसकेको परिस्थितिमा सभापतिका प्रत्यासी राजु थापा समूहबाट नगर सभापति पदमा उम्मेद्वारी दिएका सुरज अधिकारी बलियो देखिएका छन्। श्रेष्ठकै कारण २ जना उम्मेद्वार हुने भएपछि भोट बाँडिने भएकाले अधिकारीलाई फाइदा पुग्ने देखिएको हो। पुतलीबजार ३ का युवा नेता मनोज मल्लले पनि नगर सभापति पदमा उम्मेद्वारी दाबी गरेपछि उनलाई नेता थापाले अन्य भूमिकामा स्थान दिने बताएका छन्। मल्ल उमेद्वारी नदिन सहमत भइसकेका छन् । 

केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले वडा, नगर लगायतका अधिवेशनमा अनावश्यक हस्तक्षेप गरेर ‘किचलो’ निम्त्याएको भन्दै उनको आफ्नै गृहनगरमा आलोचना भइरहेको छ। साथै विगतमा निकै सबल रहेको स्याङ्जा कांग्रेस पछिल्लो समय निरन्तर कमजोर हुनुको मुख्य कारक पनि श्रेष्ठ रहेको स्थानीय नेताको आरोप छ।

प्रकाशित: Sep 12, 2021| 20:49 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।