शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले एमसीसी संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्छौं : प्रदीप ज्ञवाली

सरकारले एमसीसी संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्छौं : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता तथा पूर्व पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यालिनियम च्यालेन्झ कर्पोरेशन (एमसीसी) सम्झौता सरकारले संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्‍ने बताएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- नेकपा एमालेका प्रवक्ता तथा पूर्व पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यालिनियम च्यालेन्झ कर्पोरेशन (एमसीसी) सम्झौता सरकारले संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्‍ने बताएका छन्। 

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपाल समयसँगको कुराकानीमा भने, 'अब एमसीसीका विषयमा सरकार कसरी अघि बढ्छ, त्यही अनुसार निर्णय गर्छौं। सरकारले एमसीसीलाई संसद्‌मा ल्याएर छलफलको विषय त बनाउनुपर्‍यो। संसद्मा नआउन्जेल एनेन्डा बन्दैन्। एजेन्डा नबनेसम्म यसमा बहस पनि हुँदैन, मतदान पनि हुँदैन। सरकारले एमसीसी संसद्‌मा प्रस्तुत गरे त्यही अनुसार निष्कर्षमा पुग्छौं।'

हिजोका दिनमा एमसीसी सम्झौता गर्ने दलहरु नै अहिले विरोधमा उत्रिएको उनको आरोप छ। उनले भने, 'यदि गलत थियो भने सम्झौता किन गरेको ? सही थियो भने विरोध किन गरेको हो? गलत नै हो भने अहिले फेरि जस्केलाबाट किन छिराउन खोजिँदै छ? यी प्रश्‍नहरुको जवाफ सरकार र सत्तामा रहेका दलहरुले दिनुपर्छ।' 

एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण राजनीतिक दलहरुलाई कन्भिन्‍स गर्ने प्रयास स्वरुप भएको टिप्पणी गरेका छन्। 

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, 'अहिलेको भ्रमण राजनीतिक दलका नेताहरुलाई कन्भिन्स गर्ने प्रयास स्वरुप भएको हो भन्‍ने मलाई लागेको छ। अब कति कन्भिन्स हुनुभयो, कति कन्भिन्स गर्न सक्नुभयो भन्‍ने कुराका लागि केही समय पर्खिनै पर्छ।' 

उनले सरकारले एमसीसीका विषयमा लिने निर्णयलाई हेरर नेकपा एमालेले निर्णय गर्नेसमेत बताएका छन्। उनले थपे, 'अब एमसीसीका विषयमा सरकार कसरी अघि बढ्छ, त्यही अनुसार निर्णय गर्छौं। सरकारले एमसीसीलाई संसद्‌मा ल्याएर छलफलको विषय त बनाउनुपर्‍यो। संसद्मा नआउन्जेल छलफलको विषय बन्दैन। संसद्‌मा प्रस्तुत गरे त्यही अनुसारको निर्णय गर्छौं।'


सरकारले विषय अघि नबढाउँदासम्म यो एजेण्डा बन्दैन। एजेण्डा नबनेसम्म यसमा बहस पनि हुँदैन, मतदान पनि हुँदैन। सरकार के गर्छ। सरकारमा समेल दलहरुबीच एकमत हुन्छ कि हुँदैन। 

प्रकाशित: Sep 12, 2021| 20:07 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...