मंगलबार, असार ३०, २०८३

ट्विटरमा युवराज र सचिनको दोहोरो चुनौती

अहिले भारतमा क्रिकेट खेलाडीबीच यस्तै चुनौतीको प्रतिस्पर्धा चलिरहेको छ। यस्तैमा पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरले युवराज सिंहको चुनौती स्वीकार गर्दै नयाँ चुनौती थपिदिएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

भारतमा लकडाउन चलिरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि लकडाउन सुरु भयो। र, खेल गतिविधि रोकिएका छन्। खेलाडी फुर्सदिला बनेका छन्।

यस्तोमा खेलाडीले घर बसेर अनलाइनका माध्यमबाट जटिल टास्क स्वीकार गर्ने र पूरा गरेर समय व्यतित गर्न थालेका छन्।

अहिले भारतमा क्रिकेट खेलाडीबीच यस्तै चुनौतीको प्रतिस्पर्धा चलिरहेको छ। यस्तैमा पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरले युवराज सिंहको चुनौती स्वीकार गर्दै नयाँ चुनौती थपिदिएका छन्।

शनिवार सचिनले आफ्नो ट्विटर ह्यान्डलमा एक भिडियो सेयर गरे। उनले भिडियो अपलोड गर्दै खेलेका छन्, “युवी तिमीले धेरै सजिलो अप्सन दिएका छौ। त्यसैले मैले तिमीलाई केही अप्ठ्यारो टास्क दिएको छु। मेरो साथी, यसका लागि तिमीलाई नोमिनेट गर्न चाहान्छु। टास्क पूरा गर...।”

सचिनको त्यो भिडियो हेरिसकेपछि युवराज सिंह पनि छक्क परेका छन्। जसमा सचिनले आँखामा पट्टी बाँधेका छन्। उनको हातमा बल छ र ब्याटको एक किनाराबाट बललाई उफारिरहेको देखिन्छ।

३२ सेकेन्डको भिडियोमा बललाई उफारेपछि उनी भन्छन्, “युवी! मैले च्यालेन्ज स्वीकार गरिसकेको थिएँ। अहिले तिमीलाई दिँदैछु, यो पट्टी बाँधेर।”

तर, उनले भिडियोमा युवराजलाई झुक्याएको पनि बताएका छन्। भिडियोको अन्तिममा हाँस्दै कालो पट्टी जाली मात्र भएको र यसबाट अर्को पट्टी पूरै देख्न सकिने बताए। उनको यो हर्कतपछि उनका फलोअरले उनलाई ‘मास्टर सचिन’ भन्ने रिप्लाई गरेका छन्।

युवराज सिंहले दुई दिनअघि एक भिडियो सेयर गरेका थिए, जसमा उनले ब्याटको किनाराले बललाई उफारेको देखाएका थिए। भिडियोसँगै उनले सचिन तेन्दुलकर, रोहित शर्मा, हरभजन सिंहलाई मेन्सन गरेका थिए।

सचिनले यही सवालको जवाफमा आँखामा जालीवाला पट्टी बाँधेर बल उफारेका थिए। सचिनको यो भिडियोले माइक्रो ब्लगिङ साइट (ट्विटर)मा चर्चा कमाएको छ।

सचिनको भिडियोमा युवराजले ‘आफू अचम्मित परेको’ बताएका छन्।

आजतक

प्रकाशित: May 17, 2020| 12:00 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।