शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले भन्यो– सभामुख सापकोटाको विभेदकारी नीतिविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको हो

एमालेले भन्यो– सभामुख सापकोटाको विभेदकारी नीतिविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको हो

एमालेमाथि भएको विभेदकै कारण स‌सद् अवरुद्ध गर्नुपरेको पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विभेदकारी नीतिको विरोधमा संसद् बैठक अवरुद्ध गर्नुपरेको जनाएको छ। एमालेमाथि भएको विभेदकै कारण स‌सद् अवरुद्ध गर्नुपरेको पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

उनले अवरुद्ध संसद् खुलाउन पनि सभामुख सापकोटाले पहल नगरेको भन्दै आक्रोश पोखेका छन्। यस्तै संसद् अवरुद्ध हुनुमा सत्तापक्ष पनि जिम्मेवार रहेको उनको भनाइ छ। नेम्बाङले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रश्न गरे, ‘त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ?’ उनले संसद् अवरोध भइरहने स्थितिको अन्त्य कहिले हुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि आग्रह गरे।

उपनेता नेम्बाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्कासन गरेका १४ जना सांसदको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडानसमेत दोेहोर्‍याए।
उनले भने, ‘हामीप्रति भेदभाव भइरहेको छ। त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसिराख्न सक्नुहुन्छ?’

उपनेता नेम्बाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्कासन गरेका १४ जना सांसदको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडानसमेत दोेहोर्‍याए। उता सरकारले भने एमालेलाई वार्तामा आउन आह्वान गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताका माध्यमबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन्।  कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वाससमेत व्यक्त गरे।

गृहमन्त्री खाँणले भने, ‘म आग्रह गर्नु चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊँ। संवाद, छलफल र वार्ताको माध्यमबाट हामीले ठूल्ठूला समस्यालाई सम्बोधन गरेका छौं। अहिले संसद्मा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो।’

यसैबीच सभामुख सापकोटाले संसदमा देखिएको अवरोध हटाउन सोमबार सर्वदलीय बैठक डाकेका छन्। एमालेले भने बैठकमा सहभागी नहुने अडान राखिसकेको छ। आइतबार पनि सरकार पक्ष र एमाले नेताहरूबी भएको छलफलमा सहमति जुट्न सकेन।

प्रकाशित: Sep 12, 2021| 17:52 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...