शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जाँदाजाँदै फातिमाले भनिन्– एमसीसी संसदीय अनुमोदनबिना कार्यान्वयन हुन सक्दैन

जाँदाजाँदै फातिमाले भनिन्– एमसीसी संसदीय अनुमोदनबिना कार्यान्वयन हुन सक्दैन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले नेपालकै आग्रहमा एमसीसी सम्झौता भएको बताउँदै संसदीय अनुमोदनपछि मात्रै कार्यान्वयन हुन सक्ने बताएकी छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले नेपालकै आग्रहमा एमसीसी सम्झौता भएको बताउँदै संसदीय अनुमोदनपछि मात्रै कार्यान्वयन हुन सक्ने बताएकी छन्। 

चार दिने नेपाल भ्रमणमा आएकी उपाध्यक्ष सुमारले आइतबार एमसीए नेपालको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको पूर्ण सहमतिमा सम्झौता भएकोले अनुमोदनपछि मात्रै कार्यान्वयनमा जान सकिने प्रष्ट पारेकी हुन्। 

एमसीसी नेपालको आर्थिक हितसँग जोडिएको उल्लेख गर्दै उनले सम्झौतापछि नेपालमा ८ वटा सरकार बनिसकेको र सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ, त्यति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको समेत उल्लेख गरेकी छन्। 

एमसीसीले यसअघि नै यसलाई संशोधन गर्न नसकिने, अमेरिकी सैन्य रणनीति र हिन्द प्रशान्त रणनीति अन्तर्गत नभएको प्रष्ट पारिसकेको छ। 

बिहीबार बिहान काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेट गरेकी थिइन्। 

प्रकाशित: Sep 12, 2021| 17:29 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...