शुक्रबार, भदौ ५, २०८३

एमालेलाई वार्तामा आउन सरकारको आह्वान

सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई वार्तामा आउन आह्वान गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताका माध्यमबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई वार्तामा आउन आह्वान गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताका माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन्। 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ। 

कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वाससमेत व्यक्त गरे। 

‘म आग्रह गर्नु चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊँ। संवाद, छलफल र वार्ताको माध्यमबाट हामीले ठूल्ठूला समस्यालाई सम्बोधन गरेका छौं। अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो।' 

यसैबीच संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो प्रमुख दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएका छन्। 

गृहमन्त्री खाँणले सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा गरे। उनले भने, ‘म आग्रह गर्नु चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊँ। संवाद, छलफल र वार्ताको माध्यमबाट हामीले ठूल्ठूला समस्यालाई सम्बोधन गरेका छौं। अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो।' 

उनले आइतबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रतिपक्ष दलका सांसदबीच संवाद भए पनि सहमति जुट्न नसकेको बताए। उनले भने, ‘विश्वासस गरौं–भोलि समस्या समाधान हुन्छ।’


प्रकाशित: Sep 12, 2021| 17:20 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...