शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चीनसँगको सीमा विवादबारे सिन्ह्वाका पत्रकारले भने– नेपालको राजनीति थप अस्थिर हुने देखियो

चीनसँगको सीमा विवादबारे सिन्ह्वाका पत्रकारले भने– नेपालको राजनीति थप अस्थिर हुने देखियो

नेपाल सरकारले चीनसँगको सीमा विवादका विषयमा अध्ययन गर्न गठन गरेको समिति अध्ययनका लागि हुम्ला पुगेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– नेपाल सरकारले चीनसँगको सीमा विवादका विषयमा अध्ययन गर्न गठन गरेको समिति अध्ययनका लागि हुम्ला पुगेको छ। नेपाल सरकारले चीनसँगको सीमा विवादका विषयमा अध्ययन गर्न समिति गठन गरेपछि चिनियाँ दूतावासले नेपालसँग कुनै सीमा विवाद नभएको प्रष्टीकरण दिएको थियो। 

यहीबीचमा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका नेपाल ब्युरो प्रमुख सेङपिङ झोउले सामाजिक सञ्‍जालमार्फत चीनसँगको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय ‘पागलपन’ भएको बताएका छन्। 

उनले भनेका छन्, ‘नेपालका सत्तारुढ पार्टीहरुले हुम्ला जिल्लाको सीमा समस्याबारे चिनियाँ राजदूतसँग कुरा गर्ने बताइएको थियो। तर, एकाएक समिति गठन गर्ने निर्णय पागलपन हो। नेपाल सरकारले आफ्नो दिशा गुमाएको छ। हानिको सुरुवात गरिए हानि नै व्यहोर्नुपर्छ। मलाई डर छ कि नेपालको राजनीति अझ अस्थिर हुनेछ।’

उनले लोकान्तर डटकमको अंग्रेजी संस्करणमा ‘नेपालले एमसीसीलाई किन अस्वीकार गर्नुपर्छ? भन्‍ने शीर्षकमा प्रकाशित लेखमार्फत सार्वभौमसत्ताको मूल्य कति भन्‍ने प्रश्‍नसमेत गरेका छन्। यसमा सानो भूमिका बाँधेर नेपालको सार्वभौमसत्ताको मूल्य ५०० मिलियन अमेरिकन डलर भएकोसमेत उल्लेख गरेका छन्। 

नेपालमा एमसीसीविरुद्धका आन्दोलनमा चिनियाँ फन्डिङ भएको आरोप लागिरहेको समयमा चिनियाँ सरकारी समाचार एजेन्सीमा कार्यरत पत्रकारले दिएको यो अभिव्यक्तिले पनि एमसीसीमा चिनियाँ चासो कति गम्भीर छ भन्‍ने कुरालाई संकेत गरेको छ।

प्रकाशित: Sep 12, 2021| 17:20 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...