शुक्रबार, भदौ ५, २०८३

'संसद् कहिले चल्छ भनेर केपी ओलीलाई सोध्‍नू'

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भएको बताएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भएको बताएका छन्।

एमालेले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षड्यन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे। सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनी प्रश्न गरेका थिए। उनले त्यसको जवाफ दिँदै संक्षेपमा भने, ‘ओलीजीलाई सोध्नू।’

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ। आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 


प्रकाशित: Sep 12, 2021| 17:09 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...