मंगलबार, असार ३०, २०८३

स्थगित खेलका लागि ८ सय मिलियन डलरको कोष स्थापना

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिक २०२० स्थगनका कारण गम्भीर क्षति भएका खेलकुदका लागि आठ सय मिलियनको कोष स्थापना गरेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिक २०२० स्थगनका कारण गम्भीर क्षति भएका खेलकुदका लागि आठ सय मिलियनको कोष स्थापना गरेको छ।

उसले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आर्थिक भार परेका खेललाई सहयोग गर्ने बताएको हो।

प्रतियोगिताको आयोजकले ६ सय ५० मिलियन डलर पाउने छ। बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्राष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थालाई प्रदान गरिने छ।

आईओसीका अध्यक्ष थोमस ब्याचले यसमा केही रकम कटौती हुन सक्ने बताएका छन्। भन्छन्, “यो अवस्थाले हामीलाई सम्झौता गर्न सिकाएको छ। त्यस्तै यसले सबैलाई बलिदान दिन पनि सिकाएको छ।”

उनले थपे, “हामी खेलको भावना र विशेष गरी खेलाडीका लागि खेल गुणस्तर कायम गर्दै लागत घटाउन कुनै कसर बाँकी छोड्ने छैनौं।”

ब्याचले कोरोना भाइरसका कारण टोकियो ओलम्पिक पुनः स्थगित हुने वा रद्द हुनेबारे भने केही बोलेका छैनन्। टोकियोमा आयोजित ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।

कोरोनाको महामारीको कारण विश्वमा ४५ लाख बढी मानिस संक्रमित पाइएको छ, जसमध्ये तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ।

कोरोनाकै कारण विश्वका खेलकुद गतिविधि ठप्प छन्। त्यस्तै जापानमा यो वर्ष तय भएको ओलम्पिक खेलकुद समेत एक वर्षका लागि स्थगित गरेर सन् २०२१ मा पुर्याइएको हो।

बीबीसी

प्रकाशित: May 15, 2020| 11:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।