मंगलबार, असार ३०, २०८३

‘अफ्रिका कप अफ नेसन्स नहुने सम्भावना धेरै’

कंगोका पूर्वडिफेन्डर ग्याब्रियल जाकुनीले सन् २०२१ मा हुने अफ्रिका कप अफ नेसन्स हुनेमा शंका व्यक्त गरेका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

कंगोका पूर्वडिफेन्डर ग्याब्रियल जाकुनीले सन् २०२१ मा हुने अफ्रिका कप अफ नेसन्स हुनेमा शंका व्यक्त गरेका छन्। उनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण खेल हुन नसक्ने बताएका हुन्।

प्रतियोगिताको मिति आगामी वर्षको जुन र जुलाईमा तोकिएको थियो। तर, क्यामरुमको मौसमका कारण प्रतियोगितालाई चार महिनाअघि (जनवरी–फेब्रुअरीमा) सारिएको छ।

ग्याब्रियलले अफ्रिकाका खेलाडी यो अनिश्चितताका कारण अन्योलमा रहेकाले उनीहरूको अन्योल हटाउनुपर्ने बताएका छन्।

उनले बीबीसीसँग भने, “मलाई लाग्छ– हामीले वास्तविकताबारे बेलैमा सोच्नुपर्ने हुन्छ। प्रतियोगिता हुन सक्ने अवस्था छैन। म हुने सम्भावना देख्दिनँ।”

उनले थपे, “मैले अफ्रिकाका धेरै साथीलाई यो कुरा भनेको छु। उनीहरूले पनि मलाई यस्तै बताएका छन्। उनीहरूले यो प्रतियोगिता समयमै हुने विश्वास गर्न सकेका छैनन्। त्यसले शाब्दिक रूपमा भन्नुपर्दा समय छ जस्तो लाग्दैन। यता घरेलु लिग गराउन पनि समस्या परिरहेको छ।”

अफ्रिका कप अफ नेसन्सका लागि तयार हुनअघि घरेलु लिग क्लबहरु तयार हुनु पर्छ। त्यसका लागि जनवरीअघि धेरै तयारी गर्नुपर्ने हुन्छ। तयारीका लागि अफ्रिकन देशसँग समयको अभाव देखिन्छ।

गत महिना पनि सेनेगल फुटबल फेडेरेसनका अध्यक्षले आउँदो सिजनको आफ्रिका कप अफ नेसन्स हुन असम्भव रहेको बताएका थिए। उनले प्रतियोगिता समयमै हुनका लागि क्वालिफाइङ समयमै हुनुपर्ने भए पनि नभएको बताएका थिए।

बीबीसी

 

प्रकाशित: May 15, 2020| 11:04 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।