आइतबार, भदौ ७, २०८३

जापानले बनायो ब्यागमा अटाउने ५.४ केजीको बाइक

तपाईंले अनेकथरी बाइक वा स्कूटर देख्नु भएको होला, तर यस्तो बाइक देख्नु भएको छ जुन ब्यागमा राखेर हिंड्न सकियोस्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौ‌– तपाईंले अनेकथरी बाइक वा स्कूटर देख्नु भएको होला, तर यस्तो बाइक देख्नु भएको छ जुन ब्यागमा राखेर हिंड्न सकियोस्।

जापानका केही अनुसन्धानकर्ताले यस्तै मौलिक इलेक्ट्रिक बाइक बनाएका छन्। पोइमो नामको यो इलेक्ट्रिक बाइक छोटो र मध्यम दूरीको यात्रालाई ध्यानमा राखेर बनाइएको हो।

टोक्यो विश्वविद्यालयको टोलीले बनाएको यो बाइक मानिसहरुले सार्वजनिक यातायातमा साथमा लिएर जान र अन्तिम यात्रामा कनेक्टिभिटीका लागि प्रयोग गर्न सकुन भनेर बनाएका हुन्।

डेली मेलका अनुसार, पोइमो बाइक थर्मोप्लास्टिक पोलियूरेथेन फेब्रिकले बनेको हावा भरेर फुलाउने चौकोर फ्रेममा बनाइएको छ। बाइक एउटा सानो इलेक्ट्रिक पम्प हुन्छ। यो पम्पले एक मिनेटमै हावा भरेर सम्पूर्ण फ्रेमलाई फुलाउँछ। बाइकमा सानो इलेक्ट्रिक फ्रेम, हावा भर्न र फुस्काउन मिल्ने फ्रेम हुन्छ र त्यसमा साना रबरका पांग्रा जोडिएको छ। यसमा ह्यान्डल बारसँग जोडिएको वायरलेस कन्ट्रोलर पनि छ।

यो बाइकको तौल करिब १२ पाउण्ड अर्थात करिब ५.४४ किलोग्राम छ। निर्माता टोलीले भविष्यमा यसको तौल अझै कम गर्न सकिने जनाएको छ।

चाँडै ब्यवसायिक उत्पादन हुने

पोइमो बाइक निर्माता टोली २०२० एचआरआई कन्फरेन्सको भर्चुअल प्रिजेन्टेसनमा यो बाइक प्रस्तुत गरेको थियो। टीमले सबै प्रक्रिया पूरा गरेर चाँडै यसको व्यवसायिक उत्पादन थाल्न सकिने जनाएको छ।

टोलीले यो बाइकलाई अझै हलुका र बलियो बनाउने प्रयास गरिरहेको जनाएको छ।

प्रकाशित: May 14, 2020| 20:42 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।